काठमाण्डौ ।
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज २ हजार १ सय रुपैयाँ बढेसँगै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको हो ।
हिजो तोलाको १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेर सुनको भाउले रेकर्ड कायम गरेको थियो । यो रेकर्ड आज फेरि तोडिएको हाे । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने सङ्केत गरेसँगै सुनको भाउमा चाप परेको व्यवसायीको भनाइ छ। यस्तै चाँदी आज तोलाको १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??