spot_img
spot_img
spot_img

हलबाट नउत्रिँदै शैतानको सिक्वेलको घोषणा

spot_img

एजेन्सी ।

मार्च ८ मा रिलिज भएको सैतान फिल्मले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । निर्देशक विकास बहलको यो फिल्मलाई दर्शकहरूले निकै रुचाइरहेका छन् । फिल्म अहिलेसम्म पनि हलबाट उत्रिएको छैन । १९ दिनसम्म आइपुग्दा शैतानले १८७ करोड भारुको व्यापार गरेको छ ।

यो फिल्म २०० करोड क्लबमा छिर्ने क्रममा छ । फिल्मको अपार सफलता देखेर अजय देवगन आफै पनि छक्क परेका छन् । फिल्मले यति राम्रो रेस्पोन्स पाउला भनेर आफूले आशै नगरेको अजयले हालै एक अन्तरवार्तामा भनेका थिए । फिल्मको अप्रत्याशित सफलता देखेर अजयले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका छन् । हिन्दुस्तान टाइम्समा छापिएको समाचारका अनुसार फिल्मको सफलतालाई हेरेर यसको दोस्रो भाग पनि बनाउन लागिएको हो ।

फिल्मको बक्स अफिस कलेक्सन देखेर अजय निकै खुसी छन् । फिल्मको सिक्वेल बनाउने प्रक्रिया छिट्टै सुरु हुने बताइएको छ । यसको साथै फिल्म रिलिजको तारिख पनि घोषणा गर्न सकिने खबरहरू आइरहेको छ ।

१९ औँ दिनमा पनि कयौँ फिल्मलाई पछाडि पार्दै शैतान बक्स अफिसमा शीर्ष स्थानमा जमेर बसेको छ । शैतान गुजराती हरर फिल्म ‘वैश’को रिमेक हो । फिल्मको कथा निकै रोचक छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img