spot_img
spot_img
spot_img

देवदहमा फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

spot_img

देवदह ।

देवदह नगरपालिकामा पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि घरदैलो स्वास्थ्य सेवा (शिविर) कार्यक्रमको शुभारम्भ गरिएको छ। शुक्रबार देवदह ५ स्थित का पूर्ण अपाङ्गता भएका फ्रशुराम खनालको घरबाट घरदैलो स्वास्थ्य सेवा (शिविर) कार्यक्रमको सुरुवात गरिएको हो ।

कार्यक्रमको शुरुवात गर्दै नगर प्रमुख ध्रुव प्रसाद खरेलले  पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि घरदैलो स्वास्थ्य सेवा (शिविर) कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताउनुभयो  । नगर प्रमुख खरेलले पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि नगरपालिकाले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो।

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको लागि घरदैलो स्वास्थ्य सेवा (शिविर) कार्यक्रम देवदह नगरपालिका अपाङ्गता समन्वय समितिका संयोजक तथा नगर उप-प्रमुख  विद्या लक्ष्मी गुरुङको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, नगर प्रवक्ता तथा वडा नं. ५ का अध्यक्ष गणेश डुम्रे, स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, अपांग समाज सेवा केन्द्र देवदहका अध्यक्ष बाल कुमार श्रेष्ठ, अपाङ्गता परिचयपत्र वितरण समितिका पदाधिकारी सहितको उपस्थितिमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img