spot_img
spot_img
spot_img

भारतमा गहुँको भण्डार स्थिति अनिवार्य घोषणा गर्न सरकारको निर्देशन

spot_img

काठमाण्डौ ।

भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्य/तथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।

सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको हप्तादेखि नै गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।

यसरी गहुँको भण्डारण अवस्था घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन रहेको उल्लेख छ। भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश दिइसकेको छ ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रवार गहुँ र चामलको भण्डारण जानकारी दिन शुरु गर्नुपर्नेछ । सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्यमा नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img