spot_img
spot_img
spot_img

क्लोथ बैंक र सैनामैना नगरपालिका वडा नं १० बीच क्लोथ बैंक संचालन सम्बन्धि सम्झौता

spot_img

रुपन्देहीको सैनामैना १० मा कपडा बैंक सञ्चालन हुने भएको छ । सैनामैना नगरपालिका वडा नं १० को कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।

क्लोथ एण्ड फूड बैंक नेपालको र सैनामैना नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा र “म बनाउछु मेरो वडा, हामि बनाउछौ हाम्रो नगर” भन्ने अभियानमा हातेमालो गर्नु भएका विभिन्न सामुदायिक वन, खानेपानी, सहकारी, क्लबहरु तथा अन्य सामाजिक संघ सस्थाहरुको समन्वयमा कपडा बैंक सञ्चालन गर्न वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाले मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र सैनामैना नगरपालिका बासीको हित हुने विश्वास ब्यक्त गर्नुभयो । उहाले सैनामैना नगरपालिका वडा नं १० को कार्यालय सालझन्डीमा कपडा संकलन बक्स राखिने र सम्पूर्ण सैनामैना नगरवासीलाई पुरानो लताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरि आफ्नो घर टोल समाज सफा पनि, पुण्यको यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गर्नु भयो । प्रयोगमा नआएका कपडा संकलन गरेर पुन प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रम मा जोडिन पाउदा खुसि व्यक्त गर्नु भयो ।

क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताउनुभयो । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गर्नुभयो । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन सकिने उहाले बताउनुभयो ।

यसका साथै सैनामैना नगरपालिका वडा नं १० को कार्यालयका सचिव सुरेश जी.सी. ले कपडा बैंकको शुभारम्भ कार्यक्रम चैत्र महिनाको २३ गते सुक्रवार वडा कार्यालय परिसरमा गरिने र सम्पूर्ण नगर वासीलाई उपस्तिथिका लागि अनुरोध समेत गर्नुभयो।

देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौता समारोहमा अध्यक्ष कमल जिसीले जानकारी दिनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img