रुपन्देही ।
रुपन्देहीको सैनामैना १० मा कपडा बैंक सञ्चालन हुने भएको छ । सैनामैना नगरपालिका वडा नं १० को कार्यालय र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।
क्लोथ एण्ड फूड बैंक नेपालको र सैनामैना नगरपालिका वडा नं १० कार्यालयको आयोजनामा र “म बनाउछु मेरो वडा, हामि बनाउछौ हाम्रो नगर” भन्ने अभियानमा हातेमालो गर्नु भएका विभिन्न सामुदायिक वन, खानेपानी, सहकारी, क्लबहरु तथा अन्य सामाजिक संघ सस्थाहरुको समन्वयमा कपडा बैंक सञ्चालन गर्न वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाले मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले समग्र सैनामैना नगरपालिका बासीको हित हुने विश्वास ब्यक्त गर्नुभयो ।
उहाले सैनामैना नगरपालिका वडा नं १० को कार्यालय सालझन्डीमा कपडा संकलन बक्स राखिने र सम्पूर्ण सैनामैना नगरवासीलाई पुरानो लताकपडा, झोला, ब्याग, बेल्ट तथा दैनिक प्रयोगजन्य सामग्री जम्मा गरि आफ्नो घर टोल समाज सफा पनि, पुण्यको यो कार्यमा सहभागिताका लागि अनुरोध समेत गर्नु भयो । प्रयोगमा नआएका कपडा संकलन गरेर पुन प्रशोधन रि–साइकल गरि आवश्यकताका आधारमा निशुल्क वितरण गरिने यो कार्यक्रम मा जोडिन पाउदा खुसि व्यक्त गर्नु भयो ।
क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जिसीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताउनुभयो । देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गर्नुभयो । मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन सकिने उहाले बताउनुभयो ।