काठमाडौं ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।प्रदेशसभा सोमबार भएको मतदानमा मुख्यमन्त्री जमरकट्टेलले ५६ मत पाउनुभएको हो । ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत चाहिनेमा उहाँले त्यत्ति मात्रै मत पाउनुभयो । जमरकट्टेललाई एमालेका २७, माओवादीका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाल पार्टीका एक सांसदले मत दिएका थिए ।
नेपाली कांग्रेसका ३७ जनाले विपक्षमा मतदान गर्दा राप्रपाका १२ जना र नेपाल मजदुर किसान पार्टीका ३ जना सांसद भने तटस्थ बसे ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??