spot_img
spot_img
spot_img

आम आदमी पार्टीका सांसद सञ्जय सिंहले सर्वोच्च अदालतबाट पाए जमानत

spot_img

एजेन्सी ।

आम आदमी (आप) पार्टीका साम्सद सन्जय सिहले सांसद सञ्जय सिंहले अदालतबाट जमानत पाएका छन्। मंगलबार सर्वोच्च अदालतले उनलाई जमानतमा दिएको हो । सञ्जयलाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित एउटा घोटालामा पक्राउ गरिएको थियो । उनलाई प्रवर्तन निदेशालय (ईडी)ले अक्टोबर २०२३ मा पक्राउ गरेको थियो ।

न्यायाधीश सञ्जीव खन्नाले जमानतका सर्तहरू ट्रायल कोर्टले तय गर्ने बताएका थिए  । ईडीका निर्देशकले संजय सिंहलाई जमानत दिन कुनै आपत्ति नजनाएको अतिरिक्त सोलिसिटर जनरल एसवी राजुले अदालतमा भनेका थिए । दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया पनि यही घोटाला जेलमा छन् ।

पार्टीका अन्य केही शीर्ष नेताहरू पनि जेलमा थिए । हालै दिल्लीका मुख्यमन्त्री तथा आपका प्रमुख नेता अरविन्द केजरीवाललाई पनि यही मामिलामा पक्राउ गरिएको थियो । ईडीले पटक पटक केजरीवालको हिरासत अवधि लम्ब्याइरहेको छ । सोमबार उनको हिरासत अवधि १५ दिन थपिएपछि केजरीवाल तिहाड जेलमा छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img