spot_img
spot_img
spot_img

च्याटजीपीटी चलाउन एकाउन्ट नचाहिने

spot_img

काठमाण्डौ ।

च्याटजीपीटी चलाउन अहिले खाता बनाउनु पर्छ । तर धेरैलाई यो निकै झन्झटिलो पनि लाग्न सक्छ । तर छिट्टै च्याटजीपीटीलाई खाता नखोलीकन पनि चलाउन सकिने छ । च्याटजीपीटीको निर्माता ओपनएआईले यो फिचर ल्याएपछि च्याटजीपीटी सबैका लागि उपलब्ध हुनेछ । ओपनएआईले हालै एउटा ब्लगमा च्याटजीपीटी चलाउन खाता बनाउन जरुरत नहुने बताएको हो । ब्लगका अनुसार यो फैसलापछि १८५ देशका करिब १० करोड मानिसहरूले च्याटजीपीटीको मद्दतले केही नयाँ सिक्ने मौका पाउने बताइएको छ । यसको सुरुआत भइसकेको बताइएको छ ।

के छ समस्या ?
यसमा एउटा समस्या छ । तपाईँले खाता नखोलीकन च्याटजीपीटी चलाउनु भयो भने तपाईँको डेटा एआई टूललाई तालिम दिन प्रयोग गरिनेछ । यसको अर्को घाटा चाँहि तपाईँको च्याट सेभ भएर बस्ने छैन । साइट बन्द गर्ने बित्तिकै च्याट हिष्ट्री पनि नष्ट हुनेछ । यति मात्रै होइन भ्वाईस च्याट, कष्टम इन्ष्ट्रक्शन जस्ता फिचर पनि पाइने छैन । -एजेन्सी
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img