काठमाण्डौ ।
गुगलले एउटा मुद्दा सुल्झाउन अर्बौँ युजरका डेटा मेटाउन राजी भएको छ । यी डेटा कम्पनीले प्राइभेट मोड चलाइरहेका युजरलाई ट्र्याक गरेर जम्मा पारेको थियो । यस मामिलामा गुगललाई भारी जरिवाना लगाइएको छ । मुद्दा सल्टाउने सर्तहरू ओकल्याण्ड, क्यालिफोर्नियाको संघीय अदालतमा सोमबार दायर गरिएको थियो । यसलाई अमेरिकी जिल्ला न्यायाधीश योभोन गोन्जालेज रोजर्सको स्वीकृति गर्नु पर्नेछ ।
गुगलले सन् २०१६ देखि यो काम गरिरहेको थियो । एक प्रयोगकर्ताले गुगलको एनालिटिक्स, कुकीज र एपहरूले गुगल क्रोममा इन्कग्निटो मोड वा अन्य ब्राउजरमा निजी ब्राउजिङ मोड सेट गरेका व्यक्तिहरुलाई अनुचित रुपमा ट्र्याक गर्न गुगललाई अनुमति दिएको आरोप लगाइएको छ । कुनै पनि वेब ब्राउजरलाई निजी मोडमा राखेर सर्च गर्दा सोको इतिहास जम्मा भएर बस्दैन अनि कसैले पनि युजरलाई ट्र्याक गर्न सक्दैन भन्ने विश्वास गरिन्छ ।
तर गुगल क्रोमको मामिलामा यो लागू भएको छैन । यस व्यवहारका लागि गुगललाई ठुलो जरिवाना पनि तिर्न आदेश दिइएको छ । तर कम्पनीले यस आरोपलाई अस्वीकार गरेको छ । निजी मोडबाट डेटा कलेक्टको मामिलामा आफू निकै इमानदार भएको दाबी कम्पनीको छ । -एजेन्सी