एजेन्सी ।
निर्माता बोनी कपुर यतिबेला आफ्नो फिल्म ‘मैदान’लाई लिएर चर्चामा छन् । अजय देवगन स्टारर यो फिल्म रिलिजको तयारीमा छ । यतिबेला फिल्मको सम्पूर्ण टिम मैदानको प्रमोसनमा व्यस्त छ । यसैबिच, एक अन्तर्वार्तामा बोनी कपूरले आफ्नी स्वर्गीय पत्नी श्रीदेवीको बारेमा कुरा गरेका थिए ।‘उनी एकदमै निजी व्यक्ति थिइन् र उनको जीवन निजी रहनुपर्छ । मलाई लाग्दैन कि बायोपिक कहिले बन्नेछ । जबसम्म म जीवित हुन्छु, म यो हुन दिन्न,’ अन्तर्वार्तामा बोनीले श्रीदेवीको बायोपिक बनाउने योजनाबारे भनेका थिए ।’
श्रीदेवी बलिउडकी सबैभन्दा लोकप्रिय र चर्चित अभिनेत्री थिइन् । आफ्नो करियरमा उनले चाँदनी, इङ्लिस–भिङ्लिस जस्ता कयौँ उत्कृष्ट चलचित्रमा अभिनय गरेका थिइन् । श्रीदेवीको आफ्नो व्यक्तिगत जीवन पनि निकै चर्चामा रह्यो । सन् २०१८ को फेब्रुअरी २४ मा श्रीदेवीको निधन भयो ।