spot_img
spot_img
spot_img

प्रसिद्ध बिस्केट जात्रा यहि चैत २७ बाट सुरु हुदै

spot_img

काठमाण्डाै ।

प्रसिद्ध बिस्केट जात्रा यस वर्ष चैत २७ गते मङ्गलवारदेखि शुरु हुने भएको छ । नयाँ वर्ष शुरु हुनुभन्दा चार दिन अगाडि भैरवको रथ तानेर शुरु हुने यो जात्रा मुख्य गरी चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाइन्छ । साथै वैशाख १ गते दिनभर ल्यासिङखेलमा लिङ्गो जात्रा मनाएर साँझ लिङ्गो ढाल्ने प्रचलन रहेको छ । भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने गरिन्छ ।

यही चैत २६ गते सोमवारसम्म रथमा रङ्गरोगन एवम् सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न शुरु गरिने जनाईएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img