spot_img
spot_img
spot_img

मेटामा फेरि समस्या : व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम एक घण्टासम्म डाउन

spot_img

काठमाण्डौ ।

मेटामा ठूलो प्राविधिक गडबडीका कारण यसका सबै प्लेटफर्महरू व्हाट्सएप, फेसबुक र इन्स्टाग्राम केही समयको लागि डाउन भए। तर, अहिले प्राविधिक त्रुटि सच्याइसकेको मेटाले जनाएको छ ।

बुधवार राति अबेरसम्म, विश्वभरका हजारौँ प्रयोगकर्ताहरूले तीनवटै प्लेटफर्महरूको पहुँचमा समस्या भइरहेको रिपोर्ट गरेका थिए । धेरै मानिसहरूले एक्समा यस बारे ट्वीट गरे। राति ११ः४५ बजेतिर मेटामा समस्या सुरु भएको थियो र करिब एक घण्टासम्म प्लेटफर्म डाउन रह्यो । वेबसाइट र एप्समा समस्याहरू ट्र्याक गर्ने प्लेटफर्म डाउनडिटेक्टरका अनुसार व्हाट्सएपका ८० हजारभन्दा बढी प्रयोगकर्ताहरूले डाउन भएको रिपोर्ट गरेका थिए ।

त्यसपछि, एक्सको एक पोस्टमा व्हाट्सएपले भन्यो, ‘हामीलाई थाहा छ कि केही व्यक्तिहरूले प्लेटफर्ममा समस्याहरू सामना गरिरहेका छन्। हामी यसलाई सकेसम्म चाँडो समाधान गर्न काम गरिरहेका छौँ।’ यसअघि मार्चमा पनि मेटाका सबै प्लेटफर्ममा समस्या आएपछि ह्वाट्सएप, इन्स्टाग्राम र फेसबुक दुई घण्टासम्म डाउन भएको थियो । –बिबिसी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img