रुपन्देही ।
रुपन्देहीको कञ्चन – ०५ , गरगरेमा अवस्थित सन मोडेल इङलिस बोर्डिङ स्कुलमा अभिभावक अभिप्रेरणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा आफ्नो अमूल्य विचार राख्दै संस्थापक प्राचार्य ज्ञानुराम भारतीले अहिलेको युगमा विद्यालय नै बालबालिकाको पहिलो पाठशाला भएकाले शिक्षक , विद्यार्थीसँगै अभिभावकको भूमिका पनि उल्लेख्य हुनुपर्नेमा जोड दिनुभयो ।
करिब दुई घण्टा लामो प्रशिक्षणपछि अभिभावकहरुले आजसम्मकै उत्कृष्ट कार्यक्रममा सहभागी बन्न पाएकामा खुसी व्यक्त गर्नुभएको थियो । अन्तर्राष्ट्रिय प्रशिक्षक प्रितम पौडेलले यति सक्रिय अभिभावकलाई आफूले जानेको कुरा सिकाउन पाउँदा आफू गौरवान्वित भएको धारणा राख्नुभयो । वि. सं. २०४८ सालमा स्थापित यस विद्यालयले आजसम्म हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।
विद्यालयका संस्थापक प्राचार्य ज्ञानुराम भारतीको अध्यक्षता , अन्तर्राष्ट्रिय प्रशिक्षक प्रितम पौडेलको सहजीकरण , मावि संयोजक अप्सरा भुजेलको स्वागत र शिक्षक केशव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा झण्डै १०० जना अभिभावकको उपस्थिति रहेको विद्यालयका संस्थापिका सुनिता भारतीले जानकारी दिनुभयो ।