spot_img
spot_img
spot_img

सुनगाभाले जित्यो कञ्चनको वडा स्तरिय फुटबल प्रतियोगिता

spot_img

कञ्चन ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा चैत्र ११ गते देखि संचालन भएको वडास्तरिय नकआउट फुटवल प्रतियोगिताको विजेता सुनगाभा एफ.सी. भएको छ। बिहिवार सम्पन्न फाइनल खेलमा सुनगाभाले बाणगंगालाई पराजित गरेको हो।
सुनगाभा फुटवल क्लव र बाणगंगा १० एफ.सी. बिच भएको फाइनल खेलमा दुबै टिमबाट १-१ गोलको बराबरीमा सकिएपछि ट्राइब्रेकरमा सुनगाभा विजयी भएको हो।
प्रतियोगिताको विजेता भएसंगै सुनभागा फुटवल क्लवले ५१ हजार १११ रुपैया, सहित कप र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ। भने उपविजेता टिम बाणगंगा १० कपिलबस्तुले ३१ हजार १११ रुपैया सहित कप र प्रमाणपत्र प्राप्त गरेको छ।
यस्तै विधागतरुपमा प्रतियोगिताको विभिन्न बिधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत सम्मान गरिएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा बाणगंगा १० का आशिष पुन सम्मानति भएका छन भने सर्वाधिक गोलकर्ताको रुपमा बगिया एफ.सी.का बसन्त थापालाई सम्मान गरिएको छ।यसैगरी उत्कृष्ट गोलरक्षकको रुपमा बाणगंगाका सुजन सिंजाली, उत्कृष्ट डिफेण्डर सुनगाभाका कितेश दगामी, उत्कृष्ट मिड फिल्डर्सको रुपमा बाणगंगाका सुनिल राना सम्मानति भएका छन। यसैगरी सुनगाभाका रविन थापा उत्कृष्ट फर्वाडरको रुपमा सम्मान गरिएको छ।
प्रतियो्गिताका विजेत तथा उपविजेता टिमलाई कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, बाणगंगा नगरपालिका वडा नं. १० कपिलबस्तुका वडा अध्यक्ष यमप्रसाद पोख्रेल, जिल्ला खेलकुद बिकास समिति रुपन्देहीका सदस्य राम बहादुर थापा, कञ्चन गाउापालिकाका कार्यपालिका सदस्य सुशिला थापा लगायतले सम्मान तथा पुरस्कार प्रदान गर्नु भएको थियो।
कञ्चन सामुदायिक बिकास प्रतिस्ठान, कञ्चन ४ रुपन्देहीको आयोजना तथा कञ्चन गाउँपालिका वडा नं. ४ को आर्थिक सहयोगमा सम्पन्न प्रतियोगिता बेलडाडा खेलमैदान संचालन भएको थियो।
प्रतिस्ठानका कार्यबाहक अध्यक्ष टेक बहादुर रानाको अध्यक्षता तथा सचिव गुन बहादुर काउचाको संचालनमा भएको कार्यक्रममा दुर्गा आमा समूहका अध्यक्ष राधा अस्लामीले स्वागत गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img