रुपन्देही ।
रुपन्देहीको देवदहमा महिला सशक्तीकरण अभियान कार्यक्रम सम्पन्न भएको छ। देवदह सामुदायिक विकास तथा सिकाई केन्द्रको आयोजना र सामाजिक विकास डिभिजन कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले यस किसिमका शसक्तिकरण तालिमले जीवनमा धेरै परिवर्तन आउने भएको हुदा प्रभावकारी गराउन आग्रह गर्नुभयो ।
उहाले तालिमको उपलब्धि के कति भए त्यसको प्रोफाईल तयार पार्न र तालिम सञ्चालन गर्ने मात्र नभई त्यसको अभिलेखिकरण गर्न पनि जरुरी रहेको उहाले बताउनुभयो । कार्यक्रममा सहभागी भएर भन्दा पनि सिकेको कुरारालाई व्यवहारमा उतार्न सकियो भने त्यसले पुर्णता पाउने उहाले बताउनुभयो । कार्यक्रममा देवदह नगरपालिका वडा नं १० का वडा अध्यक्ष एक बहादुर सुनार, जनप्रतिनिधि कृष्ण माया राना, समाजसेवी प्रकाश अधिकारी, लगाएतले आ-आफ्नो भनाई राखेका थिए।
कार्यक्रममा नानुमाया ओली र निर्मल नेपालीले सहजीकरण गर्नुभएको थियो । तालिममा करिब ५० जना प्रशिक्षार्थीको सहभागीता रहेको थियो ।
कार्यक्रम देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्ष, देवदह ८ को वडा सदस्य तथा संस्थाको सल्लाहकार झबिन्द्र कुमारी बिकको स्वागत र गोमु बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।