तिलोचन दाहाल, रुपन्देही ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका कार्यकारी निर्देशक उकेश राज भुजुले समुदायको हित वेगर गरिने कार्यक्रम दीगो हुन नसक्ने भएकोले समुदायसँग मिलेर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समुदायसँग मिलेर काम गर्नको लागि लुम्बिनी बौद्ध विश्वविद्यालय सदैव तयार रहेको दावी गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयमा आयोजित पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा उहाँले उक्त कुरा बताउनु भएको हो । लुम्बिनी बौद्ध विश्वविद्यालयले समुदायसँग मिलेर काम गर्न विश्व विद्यालय अनुदान आयोग, यु.एन.डि.पी, डब्लुडब्लुएफ, द यशिया फाउण्डेशन लगायतका संस्थासँग मिलेर काम गरिरहेको उहााले बताउनुभयो ।
विश्व विद्यालयले बगर खेती, बजार सर्वेक्षण, विद्यालयलाई सहयोग लगायतका काम गरिरहेको जानकारी दिनुभयो । लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तरगत देवदहमा विज्ञान प्रविधी विभागका कृषि वन र ग्रामिण विकासका कक्षाहरु सञ्चालन भईरहेका छन् । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्य र रजिष्टार तिलक आचार्यको समेत सहभागिता रहेको थियो । कार्यक्रममा प्रा.डा. विजय प्रसाद बरुवाले समाजलाई सकरात्मक सन्देश दिने गरी पत्रकारीता गर्न आवश्यक रहेको बताउनु भयो । देवदह विश्वभरको लागि पर्यटकीय गन्तब्य हुने हुदा कला, संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेकोमा उहाँ उहाँले जोड दिनु भयो । देवदहमा क्रियाशिल पत्रकार र विश्व विद्यालय विच छलफल सम्पन्न भएको थियो ।