spot_img
spot_img
spot_img

भारतमा घर बनाउँदै एप्पल!

spot_img

एजेन्सी ।

अमेरिकी आइफोन निर्माता कम्पनी एप्पलले भारतमा घर बनाउने भएको छ । आफ्ना कर्मचारीहरूलाई चीन र भियतनामी मोडलको औद्योगिक घर उपलब्ध गराउनतिर कम्पनी लागेको हो । सरकारी अधिकारीहरूले बताएअनुसार एप्पलका लागि करारमा सामान बनाइदिने कम्पनी फक्सकोन, टाटा र साल्कम्पले आफ्ना कर्मचारीका लागि घर बनाउने योजना बनाइरहेका छन् ।

सरकारी–निजी साझेदारी कार्यक्रम अन्तर्गत यी घरहरू बनाउन लागिएको हो । यो योजनाअन्तर्गत ७८ हजार वटा घर बनाइँदैछ । यीमध्ये सबैभन्दा धेरै ५८ हजार वटा घर तमिल नाडुमा बन्नेछन् । अधिकांश घर तमिल नाडुको उद्योग प्रवद्र्धन निगमले बनाउने भएको छ । टाटा ग्रुप र एसपीआ इन्डियाले पनि घरहरू बनाउँदै छन्। यो योजनाअन्तर्गत केन्द्र सरकारले १० देखि १५ प्रतिशतसम्म रकम उपलब्ध गराउनेछ ।

बाँकी भने राज्य सरकार र उद्योगीहरूले दिनेछन् । घर निर्माण र निजी क्षेत्रलाई हस्तान्तरणको काम चालु आवको अन्त्यसम्म पूरा हुने अधिकारीहरूले बताएका छन् ।

कर्मचारीहरूको कार्यसम्पादनमा सुधार ल्याउन, विशेषगरी आप्रवासी महिला कामदारलाई सुरक्षा उपलब्ध गराउन यो योजना अगाडि बढाइएको बताइएको छ । यो स्तरको बृहत हाउजिङ परियोजना भारतमै पहिलो भएको बताइएको छ । यो परियोजनालाई एप्पलले डोर्याइरहेको बताइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img