काठमाण्डौ ।
शेयर शजारमा आज ९ अंकको सुधार आएको छ । उतार चढावका बीच नेप्से ९ दशमलव १९ अंकले बढेर २०३६ मा पुगेको छ । नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये दश वटा उपसमूह बढेका छन् भने तीन वटा उपसमूहको सूचक घटेको छ । मंगलबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २ दशमलव ७९ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको सूचक २ दशमलव ४२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक १ प्रतिशतले बढेका छन् ।
मंगलबार ९७ लाख ८९ हजार कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??