काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राजस्थान रोयल्सले गुजरात टाइटन्सको सामना गर्दैछ । खेल जयपुरस्थित सवाई मानसिंह स्टेडियममा राति ७ : ४५ बजे सुरु हुनेछ । १७औँ संस्करणमा खेल्न लागिएको यो २४औँ खेल हो ।
जारी सिजनको आईपीएलमा राजस्थान रोयल्सको यो पाँचौँ खेल हो । राजस्थान रोयल्स यसअघि आफूले खेलेको सबै खेल जित्ने एक मात्र टोली पनि हो । राजस्थान आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।
राजस्थानले पहिलो खेलमा लखनउ सुपर जाइन्ट्सलाई २० रनले र दोस्रो खेलमा दिल्ली क्यापिटल्सलाई १२ रनले हराएको थियो । तेस्रो खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गरेको थियो । चौथो खेलमा राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।
यसैगरी गुजरात टाइटन्सको भने यो छैटौँ खेल हो । गुजरातले यसअघि खेलेको पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको छ । गुजरात टाइटन्स चार अंकसहित तालिकाको सातौँ स्थानमा आसीन छ । -एजेन्सी