देवदह ।
रुपन्देहीको देवदहमा दुई दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । उपप्रमुख संग महिला कार्यक्रम अन्तर्गत स्वास्थ्य शाखाको सहजीकरणमा नगर भित्र क्रियाशिल रहेका ९६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकालाई उक्त तालिम प्रदान गरिएको हो ।
उपप्रमुख सङ्ग महिला कार्यक्रमका संयोजक तथा देवदह नगरपालिकाको उपप्रमुख विद्यालक्ष्मी गुरुङको अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा विगत लामो समय देखि अनवरत रुपमा क्रियाशिल १० जना महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीकालाई नगद सहित सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख गुरुङले स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रको मेरुदण्ड रहेको र निस्वार्थ भावनाका साथ काम गर्दै आईरहेको बताउनुभयो ।कार्यक्रममा देवदह-३, का वडाअध्यक्ष यज्ञप्रसाद अर्याल, महिला सामुदायिक स्वास्थ्य स्वयमसेवीका टिकादेवी पाण्डे लगायतले आ-आफना भनाई राख्नु भएको थियो । उपप्रमुख संग महिला कार्यक्रमका सदस्य संगीता विकको स्वागत र जनस्वास्थ्य निरिक्षक गिरी तरामुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।