काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार मुख्यमन्त्री महरालाई नेकपा एमालेका २९ जना, माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जसपाका ३ जना, नेकपा एकीकृत समाजवादीका १ जना र स्वतन्त्र सांसद खड्क बस्नेत गरी ४८ सांसदको समर्थनमा विश्वासको मत प्राप्त गर्नुभएको हो ।
महरा चैत्रको २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??