महोत्तरी ।
मिथिलाञ्चलमा चैतीछठ विधिपूर्वक शुरु भएको छ । आजदेखि चार दिनसम्म महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ छठोत्सव मनाउछन।छठोत्सवमा अस्ताउँदो र उदाउँदो सूर्यको विशेष पूजा गरिन्छ ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। पारिवारिक सुख, शान्ति, समृद्धिका खातिर श्रद्धापूर्वक छठोत्सव मनाउने गरिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??