spot_img
spot_img
spot_img

उदाउँदो सूर्यलाई अर्ध्य दिदै वासन्ती अर्थात चैती छठ सम्पन्न

spot_img

काठमाण्डौ ।

मिथिला क्षेत्रमा बिहान उदाउँदो सूर्यलाई अर्ध्य (अर्घ) दिएसँगै वासन्ती अर्थात चैती छठ सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन अर्थात शनिवार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत बसेका व्रतालुुले आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्ध्य  दिँदै चैती छठ पर्व सम्पन्न गरेका हुन् ।

मिथिला क्षेत्रमा आजको सूर्योदय बिहान ५ बजेर ४१ मिनेटमा भएको हो । यसअघि व्रतालु सूर्योदय हुनु एक घडि पूर्वदेखि नै  कम्मरसम्म डुब्ने पानीमा तीन पटक चोबलिएर सूर्यलाई चाँडै देखिन गीतबाट पुकारा गरिरहेका थिए । छठ पर्व शरद र वसन्त ऋतु गरी वर्षमा दुई पटक मनाइन्छ । तर शरद ऋतुको छठ बढी प्रचलित छ । छठ सूर्य उपासनाको पर्व हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img