spot_img
spot_img
spot_img

उज्यालोमा रामनवमी भजन प्रतियोगिता सम्पन्न: हरी किर्तन सत्सङ सेवा समुह प्रथम

spot_img

काठमाण्डौ ।

रुपन्देहीको देवदहमा भजन प्रतियोगिता सम्पन्न भएको छ । ” सभ्यता, सहिष्णुता र मौलिकताको आभास, सनातन संस्कृतिको जगेर्नामा उज्यालोको प्रयास” भन्ने नाराका साथ कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती, देवदह भवानीपुरको आयोजना र उज्यालो लाल्टिन प्रतिष्ठान रुपन्देहीको संयोजनमा उक्त प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।

प्रतियोगितामा हरि किर्तन सत्सङ सेवा समुह प्रथम, ब्राहमण समाज देवदह -४ द्वितीय र दुर्गा मन्दिर भजन समुह, मितेरी गाउँ तृतीय स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ७ हजार सहित प्रमाणपत्र, द्वितीय हुनेलाई ५ हजार सहित प्रमाणपत्र र तृतीय हुनेले ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेका थिए । नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङले प्रतियोगितामा सहभागी प्रत्येक टोलीलाई सहभागिताको प्रमाणपत्र र विजेतालाई नगद र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रम कोलिय राज्य बुद्ध मावली क्षेत्र विकास समिती, देवदहका अध्यक्ष लिला बल्लभ भट्टराईको अध्यक्षता, सांस्कृतिक संयोजक तेजु अर्यालको स्वागत मन्तव्य, कार्यक्रम संयोजक सोनी भण्डारीको धन्यवाद र उज्यालो लाल्टिन प्रतिष्ठानको सदस्य वर्षा विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img