रुपन्देही । लायन्स क्लब अफ देवदह प्रोफेशनल युथले नयाँ कार्यसमिति चयन गरेको छ । क्लबको शुक्रबार भएको बैठकले डा. बिजय अमगाईको नेतृत्वमा वर्ष २०२४/०२५ को लागि नयाँ कार्य समिति चयन गरेको हो । अमगाई यस अघि क्लबमा बर्ष २०२३–०२४ मा प्रर्थम उपाध्यक्ष पदमा थिए।
क्लबको प्रथम उपाध्यक्षमा बिमल तिवारी, दोश्रो उपाध्यक्षमा नबिन थापा मगर र तेश्रो उपाध्यक्षमा गोपाल पाण्डे चयन भएका छन्। त्यस्तै सचीवमा दिनेश चौधरी र कोषाध्यक्षमा मुकेश ज्ञवाली रहेका छन्।
देवदह ७ स्थित ॐ दर्शन होटलमा सम्पन्न भएको उक्त बैठकमा लायन्स क्लब अफ देवदह प्रोफेशनल युथका संस्थापक अध्यक्ष दिपेश बिक्रम मल्ल, पुर्व अध्यक्ष बिमल भुषाल, वर्ष २०२३-०२४ का अध्यक्ष कमल पौडेल लगायत लायन्सकर्मीहरुको सहभागीता रहेको थियो।