spot_img
spot_img
spot_img

एमाले प्रतिनिधि परिषद् बैठकमा प्रविधिको उच्च प्रयोग, सबै दस्तावेज एपबाट हेर्न सकिने

spot_img

काठमाण्डौ ।

नेकपा एमालेले शनिवारबाट ललितपुरको गोदावरीमा सुरु हुने महाधिवेशन प्रतिनिधि परिषद्को बैठकलाई प्रविधिमैत्री बनाउने भएको छ । बैठकमा सहभागी हुने प्रतिनिधिले आफ्नो परिचयपत्र र नेताहरुले प्रस्तुत गर्ने दस्तावेज मोबाइल एपबाट हेर्न सक्ने व्यवस्था एमालेले गरेको छ । त्यसका लागि बैठकस्थलमा निशुल्क वाईफाईको व्यवस्था गरिएको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, महासचिव शंकर पोखरेलले संगठनात्मक, आयोगहरू तथा सल्लाहकार परिषद्ले दशौं महाधिवेशन यताका गतिविधि समेटेर प्रतिवेदन पेश गर्ने तयारी छ । ती सबै दस्तावेज मोबाइल एपबाट सहभागीहरुले अध्ययन गर्न सक्नेछन् ।

परिषद् बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सहभागीहरुको सुझाव समेत एपबाटै लिने व्यवस्था गरिएको बताए । उनका अनुसार, पार्टीले लिनुपर्ने कार्यक्रमबारे सहभागीहरुबीच पोल (मत सर्वेक्षण) समेत गरिनेछ ।

२०७८ मंसिरमा सम्पन्न दशौं महाधिवेशनका प्रतिनिधि स्वतः सदस्य हुने यो बैठकमा दुई हजार ४५४ जना सहभागी हुने केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए । उनका अनुसार, दशौं महाधिवेशनका दुई हजार ७३ जना प्रतिनिधि बाहेक केन्द्रीय कमिटीका सदस्य, विभिन्न निकायमा मनोनीत सदस्य समेत यो बैठकमा सहभागी हुन लागेका हुन् । दुई दिन चल्ने यो बैठकले दशौं महाधिवेशन यता पार्टीले गरेको निर्णयहरुको समीक्षा गरी आगामी कार्यक्रम तय गरिने महासचिव पोखरेलले बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img