काठमाण्डौ ।
काठमाडौं । मेटा स्वामित्वको मेसेजिंग एप ह्वाट्सएपले हालै च्याट फिल्टर्स फिचर सार्वजनिक गर्यो। यो नयाँ फिचरले ह्वाट्सएप प्रयोगकर्तालाई इनबक्समा रहेका धेरै मेसेजहरुबाट आफुले खोजेको मेसेज तुरुन्तै फेला पार्न सहयोग गर्दछ । साथै यसले प्रयोगकर्तालाई आफ्ना च्याटलाई व्यवस्थित बनाउन पनि मद्दत गर्छ ।
ह्वाट्सएपको च्याट फिल्टर्स फिचरलाई कसरी प्रयोग गर्नेः
- आफ्नो स्मार्टफोनमा ह्वाट्सएप एप खोल्नुहोस्
- मुख्य च्याट स्क्रिनमा च्याट संवाद सूचिकृत भएको माथिल्लो भागमा हेर्नुहोस्
त्यहाँ तीनवटा फिल्टर उपलब्ध हुन्छन् । त्यसमाः All: यो डिफल्ट भ्यू हो र यसले तपाइँको ह्वाट्सएपका ग्रुप तथा व्यक्तिगत सबै च्याट देखाउँछ,।
- Unread: यो फिल्टरले यस्ता च्याटहरुलाई हाइलाइट गराउँछ जुन तपाइँले अहिलेसम्म पढ्नुभएको छैन वा त्यस्ता मेसेजको जवाफ दिनुभएको छैन । पढ्न वा जवाफ दिन छुटेका सन्देशहरुलाई प्राथमिकीकरण गर्ने यो निकै उपयोगी फिचर हो ।
- Groups: यसले तपाइँको ह्वाट्सएपका सबै ग्रुप च्याटलाई एकठाउँमा जम्मा गर्दछ । यसबाट कुनै निश्चित ह्वाट्सएप ग्रुपका संवादहरु तत्कालै फेला पार्न सकिन्छ ।
- च्याट फिल्टर कसरी परिवर्तन गर्ने ?
- एक बाट अर्को प्रकारको च्याट फिल्टरमा जानका लागि दुईवटा तरिका छन्, जसमाः
-
- फिल्टर नाममा ट्याप गर्नेः च्याट स्क्रिनको माथिल्लो भागमा तपाइँले पछिल्लोपटक छानेको फिल्टर नाम, (जस्तै All देख्नुहुन्छ । त्यसमा ट्याप गर्नुहोस् । त्यसपछि तिनै प्रकारका फिल्टरको विकल्प देखिने ड्रपडाउन मेन्यु देखिन्छ । तपाइँले तीनमध्ये एउटा नयाँ छान्न सक्नुहुन्छ।
- दायाँबायाँ स्वाइप गर्नेः एउटा फिल्टरबाट अर्कोमा जानका लागि च्याट स्क्रिनमा दायाँ वा बायाँ स्वाइप गर्ने अर्को सजिलो विधि पनि छ । बायाँ स्वाइप गर्दा नयाँ फिल्टरमा गइन्छ भने दायाँ स्वाइप गर्दा पूरानो फिल्टरमै पुगिन्छ।
यद्यपि ह्वाट्सएपले जारी गरेको यो नयाँ फिचर तत्कालै सबै प्रयोगकर्तालाई उपलब्ध भैसकेको छैन। केही हप्ताभित्रैमा यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्नसक्ने बताइएको छ ।
- एजेन्सीको सहयोगमा