spot_img
spot_img
spot_img

सोमालियामा भारी वर्षा र बाढी : साढे ७ लाखभन्दा बढी मानिस प्रभावित हुन सक्ने

spot_img

एजेन्सी ।

सोमालियामा भारी वर्षा र बाढीका कारण लाखौँ मानिस प्रभावित भएका छन् । लगातारको भारी वर्षासँगै आएको बाढी र डुबानका कारण झण्डै सात लाख ७० हजार मानिस प्रभावित हुन सक्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अनुमान गरेको छ ।

ओसीएचएकाअनुसार सोमालियाको २२ वटा जिल्लाका धेरै क्षेत्रमा अप्रिल शुरु भएदेखि नै भारी वर्षा भइरहेको छ। शाबेल र जुबा नदीको छेउछाउका बस्तिलाई प्राथमिकतामा राखेर उद्धार र सहायताका लागि डुङ्गाहरु तयारी अवस्थामा राखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सोमालियामा यसअघि सन् २०२३ को अक्टोबरदेखि डिसेम्बरसम्ममा बर्षाका कारण १६ लाख मानिस विस्थापित भएका थिए । भारी वर्षा र डुबानका कारण सोमालियामा खाद्य सङ्कट गहिरिएर भोकमरीको समस्या अझ थपिने अनुमान रहेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img