काठमाण्डौ ।
कोशीका मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रस्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रबारको बैठकले उक्त बैठक पारित गरेसँगै मुख्यमन्त्री केदार कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको हो ।
विश्वासको मत नलिएमा नयाँ सरकार गठनको तयारी थाल्न प्रदेश प्रमुखले आह्वान गर्नुहुनेछ । कोशीका मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिने र नलिए नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखलाई सन्देश दिने संकल्प प्रस्ताव प्रदेश सभाबाट पारित भएको छ ।
प्रस्ताव पारित हुनुअघि उक्त प्रश्तावमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले आफूले ‘रिस्क’ लिएकै कारण कोशी प्रदेशमा संवैधानिक संकट टरेको दाबी गर्नुभयो ।