काठमाडौं ।
बैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेदेखि मौन अवधि शुुरु भएको छ । निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि मौन अवधि शुरु हुन्छ । मौन अवधिमा निर्वाचनको प्रचारप्रसार गर्न पाइँदैन । मौन अवधिमा सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न निषेध गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी शनिबार इलाम क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि र बझाङ क्षेत्र नं. १ ‘क’ मा प्रदेश सभाका लागि उपनिर्वाचन हुँदैछ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।