spot_img
spot_img
spot_img

सर्लाहीका ८ हजार बढी बालबालिका अझै विद्यालय पहुँच बाहिर

spot_img

काठमाण्डौ ।

सर्लाहीमा अझै ८ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको एक तथ्यांकले देखाएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका छन् । विद्यार्थी भर्ना अभियान जारी रहँदा ती बालबालिकालाई विद्यालयमा भर्ना गराउन २० वटै पालिकाका विद्यालयले घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाका प्राविधिक सहायक सुनिलकुमार कुशवाहाले विद्यालय भर्ना हुने उमेर पुगिसकेका पाँच वर्षदेखि १२ वर्षसम्मका आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर रहेका पाइएको जानकारी दिनुभएको हो ।

विद्यालय बाहिर रहेका बालबालिकामध्ये चार हजार ४८० जना बालक र तीन हजार ७९७ जना बालिका रहेका छन् । यीमध्ये सबैभन्दा धेरै मुसहर समुदायका बालबालिका रहेका छन् । जिल्लामै सबैभन्दा बढी वडा अर्थात् १९ वटा वडा रहेको बरहथवामा ३६९ जना बालक र ४६३ जना बालिका विद्यालय बाहिर रहेका छन्।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img