काठमाण्डौ ।
बझाङ –१ क मा पनि प्रदेश सभा सदस्यका लागि मतदान भईरहेको छ । मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै मतदान गर्न मतदाता मतदान केन्द्रमा पुगेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिनुभएको छ ।
अहिलेसम्म ४३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले भौगोलिक विकटताका कारण मतदानमा केही ढिलाइ भएको जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??