काठमाण्डौ ।
देेेशका पहाडी र तराई भेगमा आज पनि बिहानैदेखि घाम चर्केसङगै गर्मी पनि बढेको छ । तराईका केही ठाउँमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तत्काल पानी पर्ने सम्भावना नभएको, तर कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार लुम्बिनी, मधेश र कोशी प्रदेशका केही र बाँकी भूभागको थोरै ठाउँहरुमा आज हावाहुरीको सम्भावना रहेको छ ।
तराई मधेशका जिल्लामा अत्याधिक गर्मी र हिट वेभ अर्थात तातो लहरको सम्भावना रहेकाले सचेतना अपनाउन जल तथा मौसम विज्ञान विभागले यसअघि नै अनुरोध गरेको छ ।