चेन्नई ।
इन्डियन प्रिमियर लिगको ४६ औँ खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि शानदार जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा चेन्नई ७८ रनले विजयी बनेको हो । चेन्नईले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबाद १८.५ ओभरमा १ सय ३४ रनमा समेटियो । हैदराबादका लागि ऐडन मार्क्रमले सर्वाधिक ३२ रनको योगदान दिए ।
यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । चेन्नईका लागि कप्तान रुतुराज गायकवाडले ५४ बलमा ९८ रनको शानदार इनिङ्स खेले । चेन्नईको ९ खेलमा पाँचौँ जित थियो । टोलीको १० अङ्क छ । नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्कसहित हैदराबाद चौथो स्थानमा छ ।