काठमाण्डौ ।
चुकन्दर पोषणले भरिपूर्ण तरकारी हो । यसको पात र जरा दुवै पोषणयुक्त हुन्छ । यसमा भिटामिन, प्रोटिन, कार्बोहाइड्रेट जस्तो पोषक तत्त्व पाइन्छ । यसमा कोशमा भएको क्षतिसँग लड्ने एन्टिअक्सिडेन्ट्स पनि हुन्छ । यसको सेवनले मुटुको रोगसम्बन्धी जोखिम कम गर्छ ।
यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चुकन्दरको सेवनले छाला पनि स्वस्थ रहन्छ । चुकन्दरको जुस खाँदा रक्त प्रवाहमा सुधार आउँछ । यसबाट दिमाग पनि स्वस्थ रहन्छ । चुकन्दर खाँदा शरीरमा रगतको कमी पनि हट्छ । यसलाई खाँदा तौल कम गर्न मद्दत मिल्दछ। यसबाट कब्जियतको समस्या पनि टाढा भाग्छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??