एजेन्सी ।
बंगलादेशको उच्च अदालतले उखर्माउलो गर्मीतर्फ औँल्याउँदै सबै विध्यालय बन्द विद्यालय बन्द गर्न आदेश दिएको छ । एक दिन अघि मात्रै सरकारले गर्मीका कारण बन्द भएका विद्यालयहरू खोल्न सकिने बताएको थियो। दक्षिण र पूर्वी एसियामा गर्मी कीर्तिमानी स्तरमा उक्लिएको छ ।
फिलिपिन्समा विद्यालयहरू पनि अस्थायी रूपमा बन्द गरिएका छन् । यसैबिच, सोमबार म्यानमारमा अप्रिल महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो । म्यानमारको मध्यभागमा रहेको सहर चाउकमा उक्त दिन तापमान ४८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको थियो । जलवायु परिवर्तनका कारण चरम गर्मी भएको बताइएको छ । हालैका वर्षहरूमा, मौसम चक्र परिवर्तन भइरहेको छ भने पहिलेको तुलनामा लू पनि बढेको छ । -एजेन्सी