spot_img
spot_img
spot_img

देवदहमा धर्म गुरुसंग कार्यशाला गोष्ठी सम्पन्न

spot_img

बुटवल ।

रुपन्देहीको देवदहमा धर्म गुरुसंग कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका महत्वपुर्ण हुने भन्दै सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड, नेपालको सहयोगमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो।

कार्यक्रममा बोल्दै कार्यवाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले बाल विवाहले मानसिक साथ साथै शारीरिक असर पर्ने भएकाले २० बर्ष भन्दा मुनिका बालबालिकाको विवाह नगरिदिनुहुन धर्म गुरुहरु आग्रह गर्नु भएको थियो । उहाले नेपाली परम्परा अनुसार धेरैजसो नागरिकहरूले चिना हेराउने भएकोले पुरोहितहरूले उमेर नपुगेका किशोर किशोरीलाई विहे गर्न नहुने कुरा जानकारी गराएको खण्डमा धेरैजसो बालबिवाह रोकिने बताउनुभयो ।

कार्यक्रममा देवदह नगरपालिकाको वडा नं २ का वडा अध्यक्ष दल बहादुर राकस्कोटीले बालविवाह गर्न नहुने सचेतनामुलक सन्देश धर्मगुरुहरुबाट प्रवाह गर्न आग्रह गर्नुभयो ।

सोहि अवसरमा बाल विवाह न्यूनिकरण गर्न र यश विरुद्ध आवाज उठाउन मेरो दायित्व सदैव रहनेछ भन्ने प्रतिवद्दता पत्रमा अतिथि लगाएत उपस्तिथित सबैले हस्ताक्षर गरेका थिए।

कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता, व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र कर्मचारी ग्लोबल गर्ल्स प्रोजेक्ट कोडिनेटर रोजि गुरुङ र एलिना हमालको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण अधिकारकर्मी ईन्दिरा अर्यालले गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img