spot_img
spot_img
spot_img

भारी वर्षाका कारण कोलाकाताका खेलाडी सवार विमान दुईपटक डाइभर्ट

spot_img

काठमाण्डौ ।

आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउविरुद्धको खेलपछि घर फर्किरहेको कोलकाता नाइट राइडर्सको टोली सवार विमान भारी वर्षाका कारण सोमबार साँझ विमानस्थलमा अवतरण हुन सकेन । कोलकाताको मिडिया टोलीले दिएको जानकारी अनुसार खेलाडीहरू सहितको टोली सोमबार स्थानीय समयअनुसार साँझ ५ बजेर ४५ मिनेट जाँदा लखनउबाट उडेर कोलकातामा ७ बजेर २५ मिनेट जाँदा अवतरण हुने तालिका रहेको थियो ।

साँझ ८ बजेर ४६ मिनेटमा दिइएको अपडेटमा खराब मौसमका कारण विमान गुवाहाटीमा डाइभर्ट गरिएको जानकारी दिइयो । त्यसपछि मंगलबार बिहान १ः४५ बजे विमान गुवाहाटीबाट राति ११ बजे कोलकाता आउनुपर्ने विमान पुनः डाइभर्ट गरिएर वरानसीमा ल्यान्ड गरिएको बताइएको थियो । बिहान ३ बजे खेलाडीहरू वरानसीको होटलमा बसेको र मंगलबार अपराह्न कोलकाता आउने बताइयो । भर्खरै टोली वरानसीबाट कोलाकाताका लागि उडेको जानकारी दिइएको छ ।

भाग्यवश, कोलकाताको अर्को खेल शनिबार मात्र रहेको छ । टोलीले घरेलु मैदानमा मुम्बई इन्डियन्सको आतिथ्य गर्नेछ । यसअघिको खेलमा लखनउलाई ९८ रनको विशाल अन्तरले हराउँदै टोली आईपीएलको अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको थियो ।

-एजेन्सी

 

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img