काठमाण्डौ ।
स्रोत नखुलेको स्वदेशी तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक याओ लिआङग्लिन र भक्तपुरको चाँगुनारायण नगरपालिका–१ का दीपेन्द्र श्रेष्ठ रहेका छन् । याओ क्षेत्रपाटीस्थित जिसाङ सु होटल एण्ड रेस्टुरेन्ट प्रालिका सञ्चालक समेत हुन् । उनीबाट ३७ लाख ८१ हजार ३५० हजार नेपाली रुपैयाँ, १२ हजार भारु, २ हजार थाई भाट, ३५० अमेरिकी डलर र ३ हजार २७० चाइनिज युआन बरामद भएको प्रहरीले जनाएको छ ।
दीपेन्द्र श्रेष्ठको साथबाट स्रोत नखुलेको ९ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??