नवलपरासी ।
पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।
मंगलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैँचातिर गएको समयमा चट्याङ लागेको हो ।गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन फेला परेको प्रहरीले जनाएको छ।
मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन्।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??