काठमाण्डौ ।
अफगानिस्तानमा बाढी पहिरोमा परेर तीन सय जनाभन्दा धेरै जनाकाे ज्यान गएको छ । एक सय २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तरी अफगानिस्तानको बाग्लान र ताखर प्रान्तमा आएको ठूलो बाढीले अवस्था भयावह बनाएको बाग्लानका उपगभर्नर मुल्ला आलम माजिदीले बताएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै बाग्लानमा तीन सय जनाभन्दा धेरै मानिसको ज्यान गएको र हजारौं घरहरू नष्ट वा क्षतिग्रस्त भएको बताएका छन् । बाढीले बिजुली र सडकसमेत अवरुद्ध हुँदा क्षतिको वास्तविक विवरण समेत सरकारसमक्ष पुग्न सेकेको छैन ।
विद्यालय, अस्पताल र सामुदायिक भवनसमेत बाढीमा बगेका कारण मानिसलाई उद्धार गरेर राख्ने ठाउँकोसमेत अभाव रहेको खबरमा उल्लेख छ । आँधी र बाढीले बदाख्शान र सामन्गानसहित अन्य उत्तरी प्रान्तका अधिकांश भागमा पनि क्षति पुर्याएको छ ।
-एजेन्सी