spot_img
spot_img
spot_img

दारी ग्याङ रुपन्देहीद्वारा नि-शुल्क आँखा शिविर

spot_img

बुटवल ।

दारी ग्याङ रुपन्देहीले एकदिने नि-शुल्क आँखा शिविर सम्पन्न गरेको छ । दारी ग्याङ रुपन्देहीले सैनामैना नगरपालिका वार्ड नम्बर ११ मा रहेको श्री कोटिया देवी माध्यमिक बिद्यालयमा तिलोत्तमा आइ केयरको प्राबिधिक सहयोगमा एकदिने नि-शुल्क आँखा शिविर सम्पन्न गरेको हाे ।

कार्यक्रममा दारी ग्याङ रुपन्देहिका अध्यक्ष भरत पौडेलको अध्यक्षता, सैनामैना नगरपालिका वार्ड नम्बर ११ का वार्ड अध्यक्ष राम प्रसाद भुसालको प्रमुख आतिथ्य, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुणाकर घिमिरेको बिशिस्ट आतिथ्य तथा विद्यालयका प्रधानाध्यापक रमेश भुषाल,सह प्राधानाध्यापक पुनाराम घिमिरे, बरिष्ट शिक्षक तथा पुर्ब प्राधानाघ्यापक नारायण प्रसाद जैसी, बिद्यालय शिक्षक अबिभावब संघका अध्यक्ष निमलाल जैसी, तिलोत्तमा आइ केयरका दृष्टि विशेषज्ञ डां अजित यादब, प्राबिधिक संगिता सेढाइ, बिद्यालय ब्यवस्थापन समितिका सदस्यहरु,बिद्यालयका शिक्षक अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक तथा केन्द्रीय सदस्य असल सुवेदी, रुपन्देही जिल्ला सदस्य गंगेश गौतम, केशब शर्मा, बुटवल उपमहानगरपालिका प्रतिनिधित्व मिहिर कर्ण, सैनामैना नगरपालिका प्रतिनिधि पवन ज्ञवाली, कञ्चन गाउँपालिका प्रतिनिधि कुमार क्षेत्री, दारी ग्याङ सदस्य बिकास थापा मगर, सन्तोस पोखरेलको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्नुहुदै बिद्यालयका प्रधानाध्यापक रमेश भुसालले दारी ग्याङले गरेको समाजिक कार्यहरु आफुले नियाल्दै आएको र यस कार्यक्रमको लागि हाम्रो बिद्यालयलाइ छानेर यो कार्यक्रम ल्याएकोको दारी ग्याङलाइ धन्यबाद दिनुभयो साथै आगामी दिनहरुमा दारी ग्याङले गर्ने कार्यहरुमा सङ्गै सहयोग र सहकार्य गर्ने प्रतिबद्दता जनाउनु भयो।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथी रामप्रसाद भुसालले साच्चै दारी ग्याङको कार्यप्रती आफू अत्यन्तै प्रभाबित भएको र आगामी दिनहरुमा गर्ने कार्यक्रममा स्थानिय तहको साथ र सहयोग चाहिए आफू सधै तयार रहने बताउदै दारी ग्याङलाइ आगामी दिनको कार्यक्रमको लागि शुभकामना समेत दिनुभयो।

उक्त कार्यक्रममा बिद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने करिब २५० बिद्यार्थिलाइ नि-शुल्क आँखा परिक्षण गरिएको थियो। कार्यक्रम संचालन दारी ग्याङ रुपन्देहिका प्रबक्ता प्रदिप कोइरालाले गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img