spot_img
spot_img
spot_img

प्ले-अफ चरणमा पुग्न सङ्घर्षरत दिल्ली र बैंगलुरुबिच रोचक भिडन्त

spot_img

काठमाण्डौ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल खेलिँदै छ । प्रतियोगिताको पहिलो खेलमा राजस्थान रोयल्स र चेन्नई सुपर किङ्सबिच हुनेछ । उक्त खेल दिउँसो ३ः ४५ बजे चेन्नईस्थित एमए चिदम्बर स्टेडियममा सुरु हुनेछ । आइतबारको दोस्रो खेल रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबिच खेलिने छ । उक्त खेल बैंगलुरुस्थित एम। चिन्नास्वामी स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा बैंगलुरु र दिल्ली दुवैले आफ्नो १३ औँ खेल खेल्न लागेका हुन् ।

जारी सिजनको आईपीएलमा दिल्ली र बैंगलुरु पहिलो पटक आपसमा भिड्न लागेका हुन् । दिल्लीले यसअघि खेलिएको १२ मध्ये ६ खेलमा जित र ६ खेलमा हारको नतिजा निकालेको छ । दिल्ली १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा आसीन छ । बैंगलुरुले भने यसअघि खेलिएको १२ मध्ये पाँच खेलमा जित सातमा हारको नतिजा निकालेको छ । बैंगलुरु १० अङ्कसहित तालिकाको सातौँ स्थानमा आसीन छ । सिजनको अत्यन्तै निराशाजनक सुरुआत गरेको बैंगलुरुले पछिल्लो चरणमा भने उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

दिल्ली र बैंगलुरु दुबैका लागि आइतबारको खेल निकै महत्त्वपूर्ण छ । प्रतियोगिता उत्तरार्धतर्फ अघि बढिरहँदा यी दुवै टोली प्ले–अफ चरणमा पुग्न सङ्घर्षरत छन् । आइतबारको खेलमा पराजित भए दुवै टोलीका लागि अगाडिको यात्रा निकै कठिन बन्नेछ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img