spot_img
spot_img
spot_img

कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा

spot_img

काठमाण्डौ ।

सोलुखुम्बुका कामीरिता शेर्पा २९ औं पटक सगरमाथाको चुचुरोमा पुग्नुभएको छ । सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुग्नुभएको पर्यटन विभागका आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँ गएको वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखरमा पुग्नुभएको थियो । सोलुखुम्बुको थामे गाउँका कामीरिता शेर्पाको सगरमाथा आरोहण यात्रा सन् १९९२ मा आरोहण सहयोगीको रुपमा शुरु भएको थियो । ५४ वर्षका शेर्पाले सगरमाथासँगै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसक्नुभएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img