spot_img
spot_img
spot_img

भरतपुर र उर्जा दक्षता निर्माण परियोजना/BEEN बिच उर्जा खपत सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर

spot_img

चितवन ।

चितवनको भरतपुर महानगरपालिका र नेपालमा उर्जा दक्षता निर्माण परियोजना बिच उर्जा प्रभावकारी भवन निर्माण (उर्जा खपत) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। भरतपुर महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र परियोजनाका तर्फबाट प्रमुख डा डेनियल नेयरले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।

भरतपुर महानगरपालिका भित्र आगामी दिनमा निर्माण गरिने सबै खालका भवनहरुलाइ कसरी उर्जा मैत्रि बनाउन सकिन्छ र उर्जा खपत कम कसरी गर्न सकिन्छ भन्ने बारेमा परियोजना केन्द्रित रहेको प्रमुख डा डेनियल नेयरले बताउनुभयो । नगर उपप्रमुख तथा कार्यक्रमका अध्यक्ष चित्रसेन अधिकारीले भरतपुर महानगरमा यो परियोजना लागू गर्न पाउँदा महानगरबासी खुशी भएको बताउदै यो परियोजना भरतपुरका लागी अति नै आवश्यक रहेको उल्लेख गर्नुभएको थियो ।

देशका सात प्रदेश मध्ये परियोजना बागमती,लुम्बिनी र गण्डकी प्रदेशमा लागू भइ काम हुँदै आएको छ । तीन प्रदेशका ६० स्थानीय तहमा परियोजना सन्चालन हुनेछ । त्यस मध्ये ५० वटा स्थानीय तहले सम्झौता गरि सकेका छन् । परियोजना काठमाडौ र पोखरा पछि भरतपुर महानगरपालिकामा सन्चालन हुदैछ । भरतपुरपछि अर्को साता परियोजनाले ललितपुर महानगरपालिकासग सम्झौता गर्ने छ । हस्ताक्षर समारोहमा भरतपुर महानगरका महाशाखा प्रमुख,शाखा प्रमुख,इन्जिनियरहरु र अन्य कर्मचारीहरुको सहभागिता रहेको थियोे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img