दाङ ।
दाङको बबई नदिमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको ज्यान गएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेश परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतबाट फूपूको घरमा आएका दाजुभाइको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो । मृतकका परिवार कामको सिलसिलामा भारत बस्ने गरेका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??