काठमाण्डौ ।
उच्च अदालत पाटनबाट सफाइ पाए लगत्तै नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेमाथि लगाइएको सबै प्रतिबन्ध फुकुवा गरेको छ । क्यान पदाधिकारीको आज बुधबार बसेको बैठकले सन्दीपमाथि घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा लगाईएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
प्रतिबन्ध फुकुवासंगै सन्दीपलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने तयारीमा पनि क्यान लागेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??