बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकाले डा. महावीर पुनको सम्झना, सपना र अविरल यात्रा आत्मकथा १ लाख बराबरको खरिद गरेको छ। राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि आफ्नो आत्मकथा बिक्री गर्न केही दिनदेखि रुपन्देहीमा छन् । सोही अवसरमा देवदह नगरपालिकाले स्वागत गरि १ लाख बराबरको पुस्तक खरिद गरिएको हो ।
देवदह नगरपालिकाका कार्यबाहक नगर प्रमुख विद्या लक्ष्मी गुरुङले कारखाना संचालन गरि स्वदेशमै स्वरोजगार सृजना गर्ने अभियानमा लागेका उनको अभियानमा नगरपालिका समेत सहभागी हुने उदेश्य १ लाख बराबरका १ सय ३४ थान खरिद गरेको र यो अभियान सबैले आ आफ्नो ठाउँबाट सहयोग गरे अभियान सफल हुने बताउनुभयो।
पुनको आत्मकथा पालिका भित्रमा सामुदायिक तथा संस्थागत विद्यालय, विभिन्न क्रियाशिल संघ संस्था र व्यक्तिगत रुपमा बिक्रि गरिने बताइएको छ। महावीर पुन बीरगंजको कृषि औजार कारखाना मर्मत गर्न र संचालन गर्नका लागि पुन आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्किएका छन् । रुपन्देहीमा मात्रै एक करोड बराबरको पुस्तक बिक्रि भैसकेको छ भने हाल सम्म ८८ हजार बढि पुस्तक बिक्रि भैसकेको छ।