spot_img
spot_img
spot_img

अनलाइनमा रेस्टुराँबारे नकारात्मक रिभ्यु पोस्ट गरेपछि जेल पुगे युवा

spot_img

काठमाण्डौ ।

थाइल्यान्डमा एक बेलायती पुरुष पक्राउ परेका छन् ।फुकेटको एउटा रेस्टुराबारे फुकेटको एउटा रेस्टुराँबारे अनलाइनमा रिभ्यु पोस्ट गरेपछि उनी समस्यामा परेका हुन् । २१ वर्षका अलेक्जेन्डर नाम गरेका ती युवालाई यो महिनाको सुरुमा थाई प्रहरीहरूले पक्राउ गरेका थिए । उनी सन् २०२२ को घटनाका कारण समातिएका हुन् ।

त्यतिबेला उनी फुकेटमा भाडाको एक अपार्टमेन्टमा बस्थे। थाई सञ्चार माध्यमका अनुसार अलेक्जेन्डर आफ्नो अपार्टमेन्टमा पुग्न शर्टकर्टका लागि सोही इटालियन रेस्टुराँको प्रयोग गर्थे । रेष्टुराँबाट दिनँहु कयौं पटक ओहोर दोहोर गरेको अनि ग्राहकहरूलाई असजिलो भएको देखेर रेस्टुराँका मालिकले उनलाई सार्वजनिक बाटो प्रयोग गर्न भने । तर यस क्रममा दुई जनाबिच भनाभन भयो । यो झगडापछि गुगल रेटिङमा रेस्टुराँको रेटिङ ४.८÷५ बाट झरेर ३.१÷५ मा झर्‍यो ।

अलेक्जेन्डरले सो रेस्टुराँलाई १ स्टार रिभ्यु दिएको भनिएको छ । अनलाइनमा आफ्नो रेस्टुराँको बदनामीको पछाडि अलेक्जेन्डर कारक रहेको शंका गरेर रेस्टुराँ मालिकले उनीविरुद्ध मुद्दा हालिदिए । अनलाइनमा नकारात्मक रिभ्युको लागि अलेक्जेन्डर नै जिम्मेवार हुन् भनेर पुष्टि प्रहरीले कसरी गरे भन्ने अस्पष्ट छ । तर सन् २०२३ मा उनको नाममा पक्राउ पुर्जी जारी भएको थियो। अनलाइनमा झुटो जानकारी हालेर अरूलाई क्षति पुर्‍याएको आरोप पक्राउ पुर्जीमा थियो ।

प्रहरीले गरेको सोधपुछमा अलेक्जेनडरले आफूमाथिको अभियोग अस्वीकार गरेका छन् । उनी दोषी पाइए भने दुई वर्षको जेल सजाय भोग्नु पर्नेछ । सन् २०२० मा एक अमेरिकी पर्यटकले पनि थाइल्यान्डमै यस्तै अभियोग खेप्नु परेको थियो । ट्रिप एड्भाइजरमा फुकेटको एक रेस्टुराँलाई आधुनिक युगको दासत्व भनेपछि उनी पक्राउ गरेका थिए । तर आफ्नो व्यवहारका लागि माफी मागेपछि उनलाई छोडियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img